कार्यालयको परिवेस

बि.सं. १९९६ सालमा ब्यबसायिक तालीमको माध्यमबाट रोजगारीको अबसर सिर्जना गर्ने उद्देश्यले सर्ब प्रथम नेपालमा घरेलु ईलम प्रचार अड्डाको नामबाट कार्यालय स्थापना भएको थियो। बि.स.२०२१/0२२ सालमा अञ्चल स्तरीयको रुपमा बिस्तार हुँदै बि.सं.२०३० सालमा उद्योग प्रशासन समेतको कार्य बिस्तार गरी घरेलु तथा साना उद्योग विभागको स्थापना र ७५ जिल्लामा शाखा कायम भएको थियो। बि.सं.२०४९ सालमा दोहोरोपन हटाउन ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय रहने गरी संरचना कायम भएको थियो।

मुलुक संघिय संरचनामा प्रवेश गरे पश्चात साविकमा उद्योग मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग विभाग मातहतमा संचालित यस कार्यालय केही समय स्थानीय तहमा उद्योग विकास शाखाको रुपमा रहेकोमा मिति २०७५।८।१ वागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मातहत रही यस कार्यालयले निदिष्ट कार्य सम्पादन गर्दै आएको छ।

यो कार्यालय २०७९/१०/१० मा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय गटन भई यस अन्तरगत रही कार्यसम्पादन गर्दै आईरहेकोमा। मिति २०८०/०५/०५ को निर्णय पश्चात यस कार्यालय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत रही कार्य सम्पादन गर्दै आइरहेको छ।