वि.सं:
नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९
बागमती प्रदेश सरकार
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
उद्योग तथा वाणिज्य कार्यालय
हेटौंडा, मकवानपुर, नेपाल
नागरिक वडापत्र
क्र.सं. |
सेवाको विवरण |
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजात |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
१. |
उद्योग दर्ता (५ लाख भन्दा बढी पुँजी भएको मात्र)
|
(क) उद्योग दर्ता निवेदन फारम, (ख) २ प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वयम् उपस्थित हुनुपर्ने, (ग) उद्योग रहने स्थानको लालपुर्जा वा भाडामा लिएको भए धनीसँगको घर/जग्गा भाडा सम्झौता सहित लालपुर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ति कर रसिद वा बिजुली/खानेपानी बिल र धनीको नागरिकताको प्रतिलिपि, (घ) स्थानीय तहको सिफारिस (चारकिल्ला खुल्ने), (ङ) प्रचलित ऐन नियम अनुसारको सहमति/सिफारिस, (च) कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि, शेयर लगत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नागरिकताको प्रतिलिपि, शेयरधनी वा संचालक समितिको निर्णय, (प्रमाणपत्रमा तस्विर टॉसिने धनीको नाम वा छाप र अख्तियारवाला खुल्नुपर्ने) र अख्तियारवालाको परिचयपत्र, (छ) साझेदारी फर्म भएमा साझेदारी करार र प्रत्येक साझेदारको नागरिकताको सक्कल सहित उपस्थिति र २/२ प्रति फोटो, (ज) आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन
|
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)
|
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख
|
२ |
प्राइभेट फर्म (स्थानीय व्यापार, खरिद/बिक्री) (आयात निर्यातको उद्देश्य हुने व्यापारिक फर्म बाहेक) |
(क) रितपूर्वक भरेको आवेदन, (ख) पुँजीको स्रोतको स्वघोषणा पत्र, (ग) व्यवसायी स्वयम् सक्कल नागरिकता र २ प्रति फोटोसहित कार्यालयमा उपस्थित हुनुपर्ने, (घ) प्रचलित कानून बमोजिमको अनुमति, सिफारिस, इजाजत पत्र कम्पनीको हकमा सि.नं. १ मा उल्लेख भए बमोजिम कागजातहरू, (ङ) साझेदारी फर्मको हकमा साझेदारी सम्झौतापत्र, सबै साझेदारको २/२ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यालयमा आफै उपस्थित हुनुपर्ने,
|
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन) |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
३ |
उद्योग/फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछि २ वर्ष साझेदारीको हकमा प्रति वर्ष) |
(क) नवीकरण गरिपाउँ भन्ने निवेदन, (ख) फर्मको अवधी ५ वर्ष नाघेकोमा स्वघोषणा पत्र, (ग) फर्म दर्ताको सक्कल प्रमाणपत्र, (घ) अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र (कर कार्यालयको सकारात्मक प्रतिक्रिया) |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
४. |
पुँजी वृद्धि/क्षमता वृद्धि |
(क) पुँजी वृद्धि खुल्ने निवेदन, (ख) परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू, (ग) कर चुक्ता प्रमाणपत्र, (घ) वाणिज्य फर्ममा वृद्धि हुने पुँजीको स्रोतको स्वघोषणा, (ङ) २० लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन, (च) फर्म दर्ताको सक्कल प्रमाणपत्र (नवीकरण अद्यावधिक) कम्पनीको हकमा अख्तियारवाला र पुँजी वृद्धिको सम्बन्धी निर्णयसहित कम्पनी सम्बन्धी कागजातहरू, (छ) आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन, (ज) आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
५. |
विद्युत थप |
(क) विद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन, (ख) थप हुने मेसिन/उपकरणको क्याटलग, स्पेसिफिकेशन, (ग) आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
६. |
फर्म नामसारी, शेयरधनी परिवर्तन |
(क) लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं. १ बमोजिम कागजातहरू, (ख) नामसारी/हकछोड (बिक्रीनामा मा नामसारी गरिदिने पक्षले कार्यालय समक्ष सनाखत, (ग) कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन, (घ) धनीको मृत्यू पश्चातको नामसारीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस, (ङ) दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने), (च) साझेदारीमा नयाँ साझेदारबीचको कबुलियतनामा, (छ) कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय, (ज) शेयर दर्ता किताब, कम्पनी अद्यावधिक पत्र |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
७.
|
नाम संशोधन वा नाम परिवर्तन
|
(क) निवेदन (ख) कर चुक्ता प्रमाणपत्र, (ग) दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने). (घ) कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित सम्बन्धित कागजातहरू |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
८ |
फर्म ठाउँसारी/ स्थानान्तरण कारोबार थप/ठेगाना संशोधन |
(क) कारण सहित ठाउँसारी गरिपाउँ भन्ने निवेदन, (ख) ठाउँसारी हुने स्थानको घर जग्गा वा भाडाका सम्बन्धमा सि.नं. १ बमोजिम कागजातहरु, (ग) ठाउँसारी जिल्ला बाहिर हुने भए सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति/सिफारिस पत्र, (घ) कर चुक्ता प्रमाणपत्र, (ङ) आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन, (च) सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख |
९ |
शाखा वा ईकाई थप |
(क) व्यहोरा खुल्ने निवेदन, (ख) कर चुक्ता प्रमाणपत्र, (ग) यस जिल्ला भित्र ईकाई खोल्दा खोल्ने स्थानको नयाँ दर्ता सरह घरभाडा सम्बन्धी सि.नं. १ बमोजिम कागजातहरू, (घ) जिल्ला बाहिर दर्तामा शाखा थप गर्दा सम्बन्धित जिल्ला उद्योग हेर्ने निकायको सहमतिपत्र |
पुँजी अनुसार तोकिए बमोजिम |
कागजात पूरा भएकोमा सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख |
१० |
उद्देश्य परिवर्तन |
(क) रितपुर्वक भरिएको संशोधन गरिएको, (ख) परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात |
दरखास्त दस्तुर रू १००/- |
सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
११ |
फर्म खारेजी |
(क) फर्म खारेज बन्द गर्नुको कारण खुल्ने निवेदन, (ख) नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम् उपस्थित हुने, (ग) धनीको मृत्यू पश्चातको खारेजीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस लिई हकवाला उपस्थित हुनुपर्ने, (घ) कर चुक्ता प्रमाणपत्र, (ङ) २० लाख माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन, (च) फर्मको नाममा ऋण तथा दायित्व नलिएको/नभएको स्वघोषणा र प्रमाण, (छ) दर्ता प्रमाणपत्र सक्कल (नवीकरण भएको हुनुपर्ने) |
दरखास्त दस्तुर रू १००/-
|
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)
|
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
१२ |
प्रतिलिपि प्रमाणपत्र |
(क) प्रतिलिपि आवश्यक पर्नुको कारण सहितको निवेदन, (ख) उद्योग नवीकरण अवधि कायम भएको हुनुपर्ने र (ग) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने |
रु ५००/-
|
सोही दिन
|
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
१३ |
Exim-Code सिफारिस |
(क) रितपूर्वक भरेको निवेदन, (ख) दर्ता प्रमाणपत्रको प्रतिलिपि, (ग) कर चुक्ता प्रमाणपत्र |
दरखास्त दस्तुर रू १००/- |
सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
१४ |
प्रारम्भिक वातावरणीय मूल्यांकन (IEE) को कार्यसूची (TOR) स्वीकृति |
(क) दरखास्त फाराम, (ख) प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (TOR), (ग) TOR तयार गर्ने विज्ञहरूको विवरण (बायोडाटा), (घ) विज्ञले कार्यालयमा समिति समक्ष प्रस्तुतिकरण गर्ने, (ङ) समितिबाट तोकिए बमोजिम संशोधन गरी ३ प्रति पेश गर्ने। |
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने |
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख |
निर्देशक |
१५ |
अन्य सिफारिस |
(क) व्यहोरा खुलेको निवेदन, (ख) कानूनमा तोकिए बमोजिम कागजात |
|
सोही दिन |
सम्बन्धित फाँटवाला र अधिकृत |
कार्यालय प्रमुख |
१६ |
IEE को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)
|
(क) स्वीकृत कार्यसूची (TOR), (ख) स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना, (ग) प्रकाशन र सोको सूचना टाँस मुचुल्का, (घ) राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति, (ङ) चार किल्ला खुल्ने गरी साँध संधियार सहितको उद्योग/व्यवसाय, खोल्ने अनुमतिको सर्जमिन मुचुल्का, (च) सम्बन्धित स्थानीय तहको सिफारिस (सूचना अवधिमा दावी विरोध, सुझावको विवरण खुलाएको), (छ) सार्वजनिक सुनुवाई र प्रतिवेदन, सुनुवाईमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने, (ज) सम्पूर्ण कागजात तथा प्रकृया पूरा गरी कार्यालयमा प्रस्तुतिकरण, (झ) प्रस्तुतिकरणमा प्राप्त सुझाव/निर्देशन समेटी ४ प्रति IEE प्रतिवेदन पेश गर्ने |
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने
|
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख
|
निर्देशक |
नोटः-
(१) औधोगिक व्यवसाय ऐन, २०७६ को दफा १८ को उपदफा (३) अनुसार महिला, दलित तथा पूर्ण अशक्त, अति अशक्त र मध्यम अपाङ्गता भएको उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म दर्ता गर्दा कानून बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पचास प्रतिशत छुट हुनेछ।
(२) आर्थिक ऐन, २०80 को दफा १५ को उपदफा (१) अनुसार नयाँ प्राईभेट फर्म दर्तामा दलित समुदाय, विपन्न, अपाङ्ग वर्गका व्यक्तिहरूलाई सम्बन्धित वर्गको प्रमाण पेश गरेकोमा र महिलाको हकमा कानून बमोजिम लाग्ने दस्तुरको ५० प्रतिशतले छुट दिने व्यवस्था गरिएको छ।
कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।
कार्यालय सम्पर्कः- फोन नं. 057-520437, ०57-५२7336 फ्याक्स नं. ०57-५२7336
ईमेलः- csiomakawanpur@bagamati.gov.np वेबसाइटः- www.csiomakawanpur.bagamati.gov.np