- व्यवसायको दर्ता वा अनुमति, नविकरण, खारेजी लगायतको नियमन गर्ने,
- व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुको संख्या, व्यवसायको प्रकृति लगायत व्यापार व्यवसाय सम्वन्धी तथ्यांक अद्यावधिक गर्ने,
- अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्वन्धि कार्य गर्ने,
- कानुनको अधिनमा आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिन्डिकेड तथा कार्टेलिङ्ग नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्ने,
- संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकाय तथा संघ सस्थासंग समन्वय गरी व्यापार सहजीकरण गर्ने,
- बजार अनुगमन सम्वन्धी कामको एकिकृत मासिक प्रतिवेदन महिना भुक्तान भएको ७ (सात) दिन भित्र निर्देशनालयमा पेश गर्ने,
- व्यापार व्यवसाय विकास विस्तार, प्रवर्द्धन र नियमन सम्वन्धी अन्य काम कारबाही गर्ने।